फिल्म । अन्तत फिल्म ‘किक २’ बन्ने भएको छ । निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले फिल्म ‘किक २’ को स्क्रिप्टको काम पुरा भएको भन्दै घोषणा गरेका छन् । ‘किक’ को सिक्वेल रहेको फिल्मको घोषणा यसकै हिरोइन ज्याक्लिन फर्नान्डिजको जन्मदिनमा गरिएको हो ।
११ अगस्टमा जन्मदिन मनाइ रहेकी ज्याक्लिनलाई भिडियो मार्फत निर्माता साजिदले सर्प्राइज दिदै फिल्म घोषणा गरेका हुन् । फिल्ममा सलमान खान अभिनेताको रुपमा रहनेछन् । यसअघि साजिदले सलमानसंग ‘कभी इद कभी दिवाली’ बनाउने घोषणा गरेका थिए । यद्दपी कोरोना भाइरसले निम्त्याएको अवस्थाले गर्दा त्यसको काम पनि हुन् सकेको छैन । सलमानको फिल्म ‘राधे’ यतिबेला रिलिजको लागि पालो कुरिरहेको छ । (एजेन्सी)
Too Much Fun 😎 on @Asli_Jacqueline’s birthday, the wait ends as #SajidNadiadwala locked the script for #Kick2 this morning at 4 am. @WardaNadiadwala Thank you for the BIG News 🥰🤩 #NGEFamily can't wait to see @BeingSalmanKhan & Jacqueline start #Kick-in soon!🤩 pic.twitter.com/6BQ2WbpvxS
— Nadiadwala Grandson (@NGEMovies) August 11, 2020











