नवाजुदीनको फिल्म ओटिटीमा

फिल्म । बलिउडमा पछिल्लो समय ओटिटी प्लेटफर्मलाई पनि फिल्मको सभाव्य बजारको रुपमा प्राथमिकतामा राख्न थालिएको छ । पहिलो दोस्रो प्राथमिकतामा पर्ने यो बजार कोरोना भाइरस (कोभिड १९) को कारण सिर्जित अवस्थाले गर्दा पहिलो स्थानमा उक्लिदै छ । बलिउडका केहि फिल्महरु हलमा नगई सिधै डिजिटल प्लेटफर्मका माध्यमबाट दर्शक समक्ष पुग्ने तयारी गरिरहेका छन् ।

अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब’ र अर्जुन कपूर अभिनित फिल्म ‘सन्दीप और पिंकी फरार’ पछी ओटिटी प्लेटफर्मममा रिलिज हुने सम्भावनामा रहेको फिल्मको रुपमा चर्चा हुँदै गर्दा नवाजुदीन सिद्दिकी अभिनित फिल्म ‘घूमकेतु’ ले रिलिज तय गरेको छ । लकडाउन भएपछी सिधै ओ टिटीमा रिलिज हुने फिल्ममा यो पहिलो हुने भएको छ ।

यो जी ५ एपमा यहिँ मे २२ मा रिलिज हुँदैछ । फिल्ममा नवाजुदीनसँगै अनुराग कश्यप, ईला अरुण, रघुबीर यादव, स्वानंद किरकिरे , रागिनी खन्ना लगायतको अभिनय रहेको छ । कमेडी ड्रामा फिल्ममा नवाजुदीनले मुम्बईमा सफलताको पर्खाइमा रहेका लेखकको भूमिका निर्वाह गरेका छन् । पुष्पेन्द्र नाथ मिश्रा निर्देशित फिल्ममा अमिताभ बच्चन, रणवीर सिंह, सोनाक्षी सिन्हा, चित्रांगदा सिंह, लरेन गोटलिब ,निखिल आडवानी पनि विशेष भूमिकामा रहेकाछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्