फिल्म । बलिउडमा वरुण धवनलाई पछिल्लो समयको ‘स्टार’ भन्न थालिएको छ । गोविन्दा , सलमान खान हिडेको पथलाई वरुण पछ्याएका छन् । साथै उनले ओक्टुबर र बद्लापुर जस्ता फिल्ममा पनि अभिनय गरेका छन् । यिनै वरुणको रिलिजको क्रममा रहेको फिल्म हो , कुल्ली नम्बर १ । उनले अभिनय गरेको फिल्म आउँदो केहि समयमा रिलिजको तयारीमा थियो । यद्दपी पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) ले सम्पूर्ण विश्वलाई नै ठप्प बनाएपछी रिलिज सम्भव छैन ।
बलिउड नायक गोविन्दा स्टारर सुपरहिट फिल्म‘कुल्ली नम्बर १’को रिमेकमा वरुणसँग साराअली खानको जोडी रहनेछ । फिल्मलाई वरुणकै पिता डेविड धवनले निर्देशन गरिरहेका छन् । फिल्ममा वरुणको कुरा गर्ने हो भने उनि मिथुन चक्रवतीको फ्यान हुन्छन् । फिल्ममा वरुणको क्यारेक्टरलाई लिएर आएको खबरलाई आधार मान्ने हो भने वरुणले मिथुनको डान्सको स्टेप पनि गर्नेछन् । यसमा ‘मै तो रस्ते से’ बोलको गीतलाई रीमेक गरिएको छ । गोविन्द स्टारर ‘कुल्ली नम्बर १’ गीत, डाइलग र मसलेदार फिल्म भएका कारण सबैले रुचाएका थिए । (एजेन्सी)











