‘अबको साता धैर्य गरिदिनुहोस्’

फाइल तस्बिर

देश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम गर्न नेपाल सरकारले लकडाउन गरिरहेको छ । यो अवस्थालाई एक आपसमा मिलेर जित्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिनु भएको छ । ‘आउँदो दुईसाता थप चुनौतिपूर्ण हुनेछ तर त्यसलाई हामीले आपसी सहयोगमा पार गर्नेछौ’ उनले भने ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभएर समुदायमा फैलिने उच्च जोखिमको अवधि भएकाले चुनौतिपूर्ण हुने बताएका हुन् । ‘हाम्रो अहिले सारा प्रयास संक्रमणलाई समुदाय स्तरमा फैलिन नदिनेमा छ’ ,उनले भने । उनले यसमा नेपाली जनताले यसरी नै साथ् दिनु पर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको बताउदै अनिवार्य क्वारेन्टाइनमा बस्नकै लागि सरकारले लकडाउन गरेको भन्दै अहिलेसम्मको धैर्यतालाई धन्यवाद दिदै आगामी एकसाता पनि धैर्य गरिदिन आव्हान गरेका छन् ।

कमेन्ट गर्नुहोस्