फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै यतिबेला विश्वमै त्रास फैलिएको छ । कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएपछि यतिबेला सबैतीर त्रास बढ्दो छ । यसैलाई मध्यनजर गर्दै भारतीय अन्तर्राष्ट्रिय फिल्म एकेडेमी (आईफा) ले मध्य प्रदेशमा हुने भनिएको अवार्ड समारोह क्यान्सिल गरेको हो । सामाजिक सञ्जालमा सूचना जारी गर्दै रद्द गरिएको शो कोरोना भाइरसको संक्रमण निर्मुल भएसंगै नयाँ योजनासंगै हुने समेत आयोजक संस्थाले जनाएको छ ।
We will be back with new plans in Madhya Pradesh! Please take the necessary precautions and stay safe.#IIFA #IIFA2020 pic.twitter.com/aUcufJqggz
— IIFA Awards (@IIFA) March 6, 2020
‘भाइरसको फैलावटको बढ्दो चिन्ताको कारण र आईफाका प्रशंसकहरू र सर्वसाधारणको स्वास्थ्य र सुरक्षालाई मध्य प्रदेश सरकारसँग परामर्श गर्दै आईफा व्यवस्थापन, र फिल्म उद्योगका सरोकारवालाहरूको सल्लाह अनुसार रद्द गरिएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ । साथै , छिटै नै अवार्डको डेट तय गर्ने समेत आयोजाक संस्थाले भनेका छन् । यतिबेला कोरोना भाइरसबाट सजगता अपनाउँनकै लागि भिडभाड नगर्नुका साथै अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन समेत विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । (एजेन्सी)










