फिल्म । नेपाली फिल्म तथा संगीतको अवार्ड पछिल्लो समय नेपाल झैँ विदेशमा हुन् थालेको छ । यसले नेपाली कला संस्कृतिलाई केहि हदसम्म प्रवर्धन नै गर्ने बताउछन् , नीर शाह । नेपाली फिल्मनगरीमा ५ दर्शक विताईसकेका नीर आफैमा लेखक , गीतकार , कलाकार र निर्देशक पनि हुन् । नोभेम्बर २४ मा जापान स्थित टोकियोमा सम्पन्न दोस्रो सुर्य इन्टरनेशनल अवार्ड २०१९ र चौथो ग्लोबल फिल्म अवार्डमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ मार्फत सम्मानित भएका नीरले आफु नेपाली फिल्मको लागि सदैव अगाडी आउने बताउछन् । उमेरका कारण स्वास्थ्यमा केहि समस्या झेल्नु परेपनि उनि नेपाली फिल्मको कार्यक्रममा सहभागी हुन् पुग्छन ।
‘मलाइ उभ्याएर नेपाली फिल्मको प्रवर्धनमा केहि टेवा पुग्छ भने म उभिन तयार छु’ नीर भन्छन् । नेपाली फिल्मसंगै रंगमंच र टेलिभिजनमा समेत उतिकै सक्रिय शाहले पछिल्लो समय नेपाली फिल्म बन्ने संख्या बढेता पनि राम्रो फिल्म कम बन्ने गरेको पनि बताए । ‘प्रविधिले गर्दा मेहनत कम गर्न थलिएको छ , यो बेला त अझै मेहनती हुने हो’ उनले भने । नेपालबाट जापान र जापानबाट अमेरिका पुगेका शाहले आफु अन्तिम समयसम्म पनि नेपाली फिल्मको श्रीवृद्धिमा लाग्ने बताउछन् ।












