फिल्म । आउँदो भाद्र २७ बाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ को विदेश रिलिज पनि तय भएको छ । नेपालको एक साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका देशमा एकै दिन फिल्म रिलिज हुँदैछ । ‘सेप्टेम्बर २० अर्थात असोज ३ देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुनेछ’ निर्माता अजित के आर थापा भन्छन् , ‘अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने सिनेमा भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ ।’
यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थसंगै युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा सिनेमा रिलिज तय भएको उनले बताए ।
एक्सन जनरको फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । सम्राट बस्नेत निर्देशित फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ ।
निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् । अंकित गौतमको कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।











