२५ प्रतिशत कलेजोको सहारामा बाचेको छन् अमिताभ

फिल्म । भारतमा शताब्दीका महानायक भनिने अमिताभ बच्चन बलिउडका चम्किला तारा हुन् । उनको नाम बिना बलिउड नै अपुरो हुन्छ । यिनै अमिताभ पछिल्लो समय ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा छन् । यो शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । निकै फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैंले जानकारी दिएका हुन् ।

उनले यस्तो जानकारी दिईरहदा माहोल नै भावुक बनेको थियो । उनले मानिसहरुले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’ स्मरण रहोस्, अमिताभ बच्चन यो उमेरमा पनि फिट छन् र लगातार फिल्ममा काम गरिरहेका छन् । अमिताभलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या छ तर उनी यी समस्यालाई कहिले पनि आफूमाथि हावी हुन दिँदैनन् । ७६ वर्षीय अमिताभको ‘झण्ड’ नामक फिल्म छायाँकनरत छ ।

कमेन्ट गर्नुहोस्