फिल्म । आँचल शर्मा र पल शाहको ब्रेकअपको चर्चा बासी भइसक्यो । पलले पूजा शर्मासँग फिल्म खेल्न राजी हुनु नै यसको प्रमाण हो । नत्र पूजालाई नरुचाउने आँचल पललाई पूजासँग फिल्म खेल्ने अनुमति दिन कसै गरी राजी हुन्नथिन् । सेलिब्रिटीको प्रेममा दुइटाको बीचमा तेस्रो आएपछि ब्रेकअप हुन्छ । अहिले आँचलको जीवनमा अर्को कोही आएको हल्ला छ । र, यो हल्लालाई सही साबित गर्दै छिन्, आँचल स्वयंम ।

उनले आफ्नो इन्स्टामा एक युवकको फोटो धक नमानी राख्ने गर्छिन् । फोटोमा आइरहने व्यक्ति हुन् उदीप श्रेष्ठ । उदीपलाई आँचलले आफ्नो ‘बेस्टेस्ट फ्रेन्ड’का रूपमा इन्स्टामा परिचित गराएकी थिइन् । मिल्ने साथीलाई ‘बेस्ट फ्रेन्ड’ भन्दा पनि पुगिहाल्थ्यो तर ‘बेस्टेस्ट’ लेखेर आँचलले उदीपसँगको गाइँगुइँलाई आफैँ पुष्टि गरिदिइन् । पछिल्लो समय आँचल उदीपसँग नजिक छिन् , यसमा दुइमत छैन् । किनकी उनको सोसल मिडिया भिजिट गर्दा यो सहजै थाहा हुन्छ ।

केहि समय अगाडी आफु विस्तारै उदीपसँग नजिक रहेको स्वीकार्ने आँचलले विस्तारै सामाजिक सञ्जालमा पनि उदीपलाई स्थान दिईरहेकी छिन । आफ्नो फ्यान माँझ उनले उदीपलाई परिचित गराउंदै आफु दुइ प्रेममा रहेको इशारा गरिरहेकी छिन् । यिनै आँचललाई भेट्न उदीप सोमबार नेपाल आए । भारतमा कार्यरत उदीपले आँचलको लागि एक दिन समय छुट्याएर नेपाल आएका थिए । जसलाई आँचलले नै जनाइन । उनले इन्स्टामा स्टोरी हाल्दै उदीपलाई धन्यवाद समेत दिईन । उदीपसंग आँचलको भेट झन्डै ३ वर्ष अगाडी भएको थियो । उदीप पेशाले डाक्टर हुन् ।










