फिल्म । आउँदो साउन २४ बाट प्रदर्शनमा आउने फिल्म ‘साईनो’ को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘क्या बात छ’ बोलको गीतमा मिना निरौलाको स्वर, यमन सुवेदीको शब्द, किरण भुषालको संगीत छ । भिडियोमा नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । भिडियोमा नायक राजकुमार र कलाकार राजा राजेन्द्रलाई पनि फिचरिङ गरिएको छ ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राज कुमार , नीता र राजा राजेन्द्रसँगै मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, रेगन क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मलाई अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । नेपाली फिल्मकी प्रथम नायिका भूवन चन्दले यो यसलाई निर्माण गरेकी हुन् ।











