फिल्म । पछिल्लो समय हलिउड स्टार विल स्मिथको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । कारण उनले भारत भ्रमणको क्रममा देवनगरी हरिद्वारको तस्वीर शेयर गरेका छन् । उनले त्यहाँ पुजा गर्दै गरेको तस्वीर सार्वजनिक गरेपछि समाजिक सञ्जालमा भाइरल भएको हो ।
उनले पछिल्लो भ्रमणमा सभ्यता र संस्कृतिलाई नजिकबाट नियाली रहेका छन् । उनले पुजा गर्ने क्रममा पुजारीसँग जिज्ञासु भएको तस्वीरले प्रस्ट्याएको छ । उनले भगवानले अनुभवले हामीलाई सिकाउने गरेको तथ्य सुनेको पनि प्रस्ट्याएका छन् । उनले अघिल्लो भ्रमणमा पनि धार्मिक स्थलको भ्रमण गरेका थिए ।
कमेन्ट गर्नुहोस्










