जोनको धुम लुक्स

फिल्म । बलिउड एक्टर जोन अब्राहमको फ्यानले सम्झिने फिल्म मध्यको एक हो ‘धुम’ । उनि फिल्ममा एन्टहिरो देखिएका थिए तर लाग्थ्यो हिरो उनी हुन् । किनकी दर्शकनै उनिमै केन्द्रित थियो । फिल्ममा जोनले बाइक चलाएका थिए । उनको बाइक राइडीङ अन्दाजलाई पनि दर्शकले निकै रुचाए । त्यसपछि फ्यानले उनलाई त्यस्तो मुडमा देख्न पाएका छैनन् ।

अर्थात् उनले त्यस किसिमको भूमिका अन्य फिल्ममा निर्वाह गरेका छैनन् तर दर्शकले उनलाई हेर्न चाहेको प्रतिक्रिया सोसल मिडिया मार्फत दिदै आएका छन् । यसैलाई मध्यनजर गर्दै जोनसँग परमाणु र रोमियो अकबर वाल्टरमा निर्माताको रुपमा साझेदारी गरेका अजय कपूरले नयाँ फिल्म निर्माण गर्ने भएका छन् , जसमा बाइकरको कथालाई देखाइनेछ । फिल्ममा जोनले बाइक कुदाउदै गरेको दर्शकले देख्न पाउनेछन् । यसलाई रेन्सिल डिसुजाले निर्देशन गर्नेछन् भने यो यसै वर्षको जुलाईबाट शुटिङ सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्