‘छक्का पञ्जा २ को मुनाफा सामाजिक कार्यमा’ दीपाश्री

फिल्म । पछिल्लो समय बलिउडवा हलिउडका फिल्मलाई प्रसस्तै स्थान नेपालमा दिईने गरिन्छ । यसैको पछिल्लो उदाहरण हो , वैशाख १३ को डेट । अघिल्ला वर्षमा यस डेटमा दुइवटा सम्म फिल्म भिड्न तयार रहेता पनि आउँदो वैशाख १३ मा भने नेपाली फिल्मले हलिउड फिल्म ‘एवेन्जर्स : इण्ड गेम’ को लागि स्थान खाली गरेपछि उक्त डेटमा ‘छक्का पञ्जा २’ रि-रिलिज हुने भएको छ । केहि दिन अगाडी मात्र निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकको स्टाटस मार्फत दर्शकको डिमाण्डका कारण फिल्म रि- रिलिज गर्न लागिएको जनाएका थिए ।

फिल्मलाई यस अगाडीनै चैत्रमा रिलिज गर्ने तयारी थियो तर उक्त डेटमा नेपाली फिल्म भएको कारणले टिमले निर्णय फिर्ता लिएको थियो । तर , वैशाखको दोस्रो साता नेपाली फिल्म विहिन हुने भएको र चैत्र २९ मा प्रदर्शनमा आउने फिल्मलाई असर नगर्ने भएकाले यस्तो निर्णय लिएको दीपकको भनाइ छ । फिल्मकी निर्देशक दीपाश्री निरौलाले पनि स्टाटस मार्फत उक्त प्रदर्शनबाट उठेको रकमको ठुलो हिसा सामाजिक कार्यमा प्रयोग गरिनेजनाइन् । उनले लेखेकी छिन् ‘मुनाफाको ठुलो हिसा रवी लामिछानेद्वारा निर्मित अस्पताललाई जानेछ ।’ साथै उनले फिल्ममा केहि दृश्य थपेर दर्शक माँझ पर्याउने समेत जनाएकी छिन ।

‘केहि दृश्य फेरबदलका साथ् दिलम आउनेछ’ दीपाले जनाइन । फिल्ममा दीपकसँगै जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतको अभिनय रहेको थियो । गत वर्ष दसैँमा प्रदर्शनमा आएको फिल्मलाई दर्शकले रुचाएका थिए भने राजधानीमा मल्टिप्लेक्स सहितको केहि सिंगल स्क्रिनमा यसले ५१ औ दिन पार गरेको थियो ।

कमेन्ट गर्नुहोस्