फिल्म । बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यसको रिलिज भएको दुवै सिरिजलाई दर्शक साथ मिल्यो भने बक्स अफिसमा निकै कमाइ गर्यो । अब यसको तेस्रो सिरिजलाई दर्शकले हेर्न पाउने भएका छन् । अर्थात् यसको नयाँ सेरिजको छायाँकन यसैवर्षको अन्त्यबाट सुरु हुनेछ ।
फिल्मलाई ‘टोटल धमाल’ निर्देशक इन्द्र कुमारले निर्देशन गर्नेछन् । उनले कन्सेप्ट सोचिएको बताएपनि स्क्रीनप्ले भने बाँकी रहेको बताएका छन् । ‘फिल्मको कन्सेप्ट क्लियर छ यसलाई पर्दामा देखाउन म आतुर छु’ उनले भने ‘केहि समय यता टोटल धमालमा व्यस्त थिए अबको समय हेराफेरीलाई ।’ साथै उनले नयाँ सिरिज अघिल्लो भन्दा बिल्कुलै फरक हुने समेत बताए । फिल्ममा अक्षय कुमार , सुनिल शेट्टी र परेश रावल नै देखिने बताइएको छ । यसलाई इन्द्र कुमारले निया निर्देशन गर्नेछन् । राजु , श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शकले भरपुर रुचाएका थिए । (एजेन्सी)










