प्रभाससँग फिल्म बनाउँदै करण ?

174 Shares

फिल्म । पछिल्लो समय बलिउडमा करण जोहर साउथ इन्डियाको फिल्मलाई ल्याउनेमा अगाडी पर्छन । उनले बाहुबलीबाट साउथ इन्डियामा निर्मित फिल्मलाई सेम डेटमा बलिउडमा रिलिज गर्ने परम्पराको थालनी गरे । यसअगाडी कमै फिल्म साउथ र वलिउडमा एकसाथ रिलिज भएका थिए । करणले बाहुबलीबाट सफलता हात पारेपछि यसको सिक्वेल र २.० लाई पनि हिन्दी भाषामा रिलिज गरिसकेका छन् ।

यिनै करणले बाहुबली मार्फत प्रभासलाई बलिउडका दर्शक माँझ चिनाएका थिए । प्रभासको नयाँ फिल्म ‘साहो’ लाई पनि करणले नै वितरण गर्ने चर्चा बलिउडमा छन् । यिनै करणले प्रभासलाई बलिउड फिल्ममा अभिनय गर्न प्रस्ताव गरेका छन् । पछिल्लो समय कफी विथ करण सिजन सिक्समा पाहुना बनेर आएका प्रभासलाई उनले बलिउडमा डेब्यु गर्न प्रस्ताव गरेका हुन् ।

उनले आफ्नो ड्रिम प्रोजेक्ट ‘शुद्धी’ मा प्रभासलाई अभिनय गराउन प्रयासरत छन् । तर प्रभासले सहमति जनाईसकेका छैनन् । यदि प्रभासले सहमति जनाउछन भने करणकै फिल्ममा मार्फत उनको बलिउड डेब्यु हुनेछ । साथै प्रभासलाई निर्माताको रुपमा समेत करणले प्रस्ताव गरेका छन् ।

Facebook Comments