‘सिम्बा’ मा गोलमाल र सिंघम स्टार पनि

बलिउड । पछिल्लो समय एक्टर रणवीर सिंह फिल्म ‘सिम्बा’ को छायाँकनमा व्यस्त छन् । दुइ सातापछि प्रेमिका दीपिका पादुकोणसँग विवाह बन्धनमा बाधिने तयारी गरिरहेका रणवीरले फिल्मको बाकि सेड्युलमा काम गरिरहेका छन् । उनि विवाहपछि व्यस्त हुने भएकोले डिसेम्बरको अन्त्यमा रिलिज हुने फिल्मको अन्तिम सेड्युललाई समय छुट्याएर काम गरिरहेका छन् । केहि समय अगाडी नै फिल्ममा सजाय देवगनको केमियो छ भन्ने खबर बाहिर आइसकेको थियो तर हालै फिल्म ‘गोलमाल’ पल्टन नै रहेको खुलेको छ । रणवीर आफैले सोसल मिडियामा मार्फत यसको जानकारी दिएका छन् ।
‘हाम्रो फिल्ममा चार चांद लाग्यो’ क्याप्सन सहित रणवीरले धन्यवाद दिएका छन् । गोलमाल सिरिजलाई रोहितले नै निर्देशन गरिरहेका छन् भने उनि नै सिम्बाका निर्देशक हुन् । फिल्ममा अजय देवगन सिंघम अवतारमा प्रस्तुत हुदैछन् भने गोलमालका अन्य सदस्य अर्शद वारसी , कुनाल खेमु , तुषार कपूर र श्रियस तल्पड़े गीतमा रणवीरसँग देखिनेछन् । रोहित शेट्टी यस फिल्मलाई ब्लकबष्टर बनाउन कुनै कसर बाकी राख्ने छैनन् , त्यसैले उनले यसमा धेरै सर्प्राइज प्लान गरेका छन् । यो साउथ इन्डियन फिल्म ‘टेम्पर’ को रिमेक हो ।
कमेन्ट गर्नुहोस्