सर्यो ‘टोटल धमाल’ पनि

जयहोस् । पछिल्लो समय भारतीय फिल्मको डेट हेरफेर भईरहेको छ । कारण प्रतिक्षित फिल्म ‘२.०’ नोभेम्बर २९ मा रिलिज हुदैछ । झन्डै २ वर्षको समयतालिका हेरफेरपछी फिल्म रिलिज हुने तय भएको हो । यसैले गर्दा नोभेबरमा रिलिज हुने केहि फिल्मले डेट हेरफेर गरेका छन् । नोभेम्बर २३ मा रिलिज हुने फिल्म ‘स्टुडेन्ट अफ द ईयर २’ ले पनि आफ्नो डेट सार्दै मे मा पुर्याईसकेको छ । पछिल्लो समय ‘२.०’ रिलिजपछीको अर्को साता प्रदर्शन हुने भनिएको फिल्म ‘टोटल धमाल’ पनि सरेको छ । निर्माण युनिटले रोबर्टको सिक्वेलको बढ्दो हाइप बुझेर फिल्मलाई अब फेबुअरी २२ मा ल्याउने भएका छन् । धमाल सिरिजको तेस्रो भागमा अजय देवगन , माधुरी दीक्षित , अनिल कपुर जस्ता कलाकार छन् तर साउथको फिल्मले एक हप्तामै हल खाली नगर्ने संकेत देखाएपछी निर्माण पक्षले फिल्मलाई नयाँ डेटमा सारेको छ ।
कमेन्ट गर्नुहोस्