‘राम नाम सत्य’को ट्रेलर मुभी चार्टतर्फ ट्रेन्डिङ १ मा

फिल्म । आगामी चैत २७ गतेदेखि सोलो रिलिजमा आउन लागेको नेपाली फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर सार्वजनिक भए लगत्तै ट्रेन्डिङमा परेको छ । ट्रेलर सार्वजनिक भएको १० घण्टामै ८ लाख भ्यूजसहित मुभी चार्टतर्फ ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । निर्देशक माइकल चन्दको कथा, पटकथा तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरमा दमदार एक्सन देखाईएको छ ।

अभिनेता विराज भट्टको दमदार एक्सन र संवाद प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । साथै, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीबीचको प्रेम तथा विराज र सुशीलबीचको एक्सन द्वन्द्व पनि ट्रेलरमा समेटिएको छ । फिल्ममा नव–नायक आयुष सिंह ठकुरीको भूमिका विशेष रूपमा देखिएको छ। उनको सस्पेन्सपूर्ण भूमिका दर्शकका लागि थप उत्सुकता जगाउने खालको छ ।

नव नायिका खुशी कार्कीले विराज भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत यतिबेला चर्चामा छ । फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली र सरोज शाहलगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै, आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल कलाकारका रूपमा देखिएका छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् भने सह निर्मातामा तेजराज चटौत र दमनबहादुर चन्द रहेका छन् ।

मोती कार्की क्रिएटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरका रूपमा रहेका छन् । काफिया फिल्म्स र कुवेर सिने डिष्ट्रिब्यूसनले वितरण गर्ने यस फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ ।

मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ । सियोन श्रेष्ठको कोरियोग्राफी र शेरबहादुर लामाको छायांकन रहेको फिल्मको ट्रेलर साहिल खानले तयार पारेका हुन् । सुनिल राई आर्ट निर्देशक रहेको फिल्ममा नविनजंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ निर्देशकका रूपमा छन् । अभिमन्यु निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट कन्सल्ट्यान्ट हुन् ।

कमेन्ट गर्नुहोस्