‘आ बाट आमा’ले कमायो साढे १२ करोड

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको फागुन २३ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो।

गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म आ बाट आमा ले हालसम्म रु १२ करोड ६६ लाख ९० हजार ९८१ कमाइ गरेको छ। मनोरञ्जनसँगै देश परिवर्तनको विषय उठान गरिएको उक्त फिल्मका लागि कुल ४ लाख ८२ हजार ६४७ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।

फिल्मका निर्देशक चन्द्र पन्त हुन् । फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्