‘अब हाँस्छ क्यानडा’ का लागि क्यानडा पुगे सुमन, कैलाश र भरतमणि

फिल्म । हाँस्य कलाकार सुमन कार्की, भरतमणि पौडेल र कैलाश कार्की क्यानडामा आयोजना हुने ‘अब हाँस्छ क्यानडा’ कार्यक्रमका लागि त्यहाँ पुगेका छन् । ‘आँगन इभेन्ट्स’ र ‘आई र यू इन्टरटेन्मेन्ट’ले आयोजना गरेको यो कार्यक्रममा उनीहरूले हास्य प्रस्तुति दिनेछन् ।

कार्यक्रमअन्तर्गत अगस्ट ३० मा मिसिसागा, सेप्टेम्बर ५ मा क्यालगरी र सेप्टेम्बर ६ मा एडमन्टनमा प्रस्तुति हुने तय भएको आयोजकले जनाएको छ । क्यानडामा हुने शोमा भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहको क्यारिकेचरमार्फत हास्य प्रस्तुति दिनेछन् । कैलाश कार्कीले आफ्नो चर्चित पात्र ‘भिखारी’को चरित्र निर्वाह गर्नेछन् भने सुमन कार्कीले स्ट्यान्डअप कमेडीमार्फत दर्शकलाई हँसाउनेछन् ।

कमेन्ट गर्नुहोस्