‘फेस अफ नेपाल २०२५’ छानिए चार विजेता

सौन्दर्य । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२५’ का चार विजेता घोषणा भएका छन्। पुरुषतर्फ सौगात प्रधान र योगेश शर्मा तथा महिलातर्फ सदिक्षा श्रेष्ठ र दिव्यस्वरी आचार्य विजयी भएका छन् । यी चारै विजेताले आगामी अक्टोबरमा कोरियामा हुने फेस अफ एसिया प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । फेस अफ नेपालकी राष्ट्रिय निर्देशक मेनुका माझीले गत वर्षजस्तै यस वर्ष पनि विजेताहरूले कोरियामा नेपालको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरिन् ।

विजेताहरूले १५ लाख बराबरका अवसर र उपहार प्राप्त गरेका छन् । फिनालेमा फेस अफ एसियाकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनलीको उपस्थिति थियो । निर्णायक मण्डलमा राउलसँगै अभिनेत्री रिमा विश्वकर्मा, मिस नेपाल २००२ माल्भिका सुब्बा, राष्ट्रिय निर्देशक मेनुका माझी, फिल्म निर्देशक सरोज पौडेल र व्यवसायी मनिष कुमार खेम्का थिए ।

कार्यक्रम सेसेमी लिम्बुले सञ्चालन गरेकी थिइन् भने कोरियोग्राफी दिक्पाल कार्कीले गरेका थिए। स्मिता भुसाल र विशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए ।

कमेन्ट गर्नुहोस्