यी हुन् सर्वाधिक कमाउने फिल्म

फिल्म । सन् २०२४ मा प्रदर्शन भएका केही फिल्मले बलिउड र हलिउडमा रेकर्ड बनाउन सफल भएका छन् । विश्व बक्सअफिस चलायमान मात्र बनेन्, यसवर्ष धेरै कीर्तिमान रचिए । नेपालदेखि हलिउड र बलिउडमा यसवर्ष धेरै कीर्तिमान बनेका छन् । भारतमा अल्लु अर्जुन स्टारर ‘पुष्पा २ : द रुल’ले कीर्तिमान रच्यो भने हलिउडमा ‘इनसाइड आउट २’ बक्सअफिसमा शीर्षस्थानमा रह्यो ।

सन् २०२१ मा प्रदर्शन भएको ‘पुष्पा २ : द रुल’ पहिलो भाग दर्शक माँझ लोकप्रिय भएको थियो । भारतमा व्यापारको नयाँ रेकर्ड बनाएको अभिनेता अल्लु अर्जुन अभिनित ‘पुष्पा २: द रुल’ को चर्चा झनै बढेको छ । यसले भारतको विभिन्न भाषामा सत्र सय करोडको व्यापार गरेको निर्माण पक्षले दाबि गरेको छ ।

यस्तै,‘कल्की २८९८ एडी’ ले एघार सय करोड, ‘स्त्री २’ ले आठ सय ५० करोड, ‘भुलभूलैया ३’ ले चारसय २२ करोड र ‘सिंघम अगेन’ ले तीन सय करोड भारुको व्यापार गरेको छ । यस्तै, हलिउड फिल्म ‘इनसाइड आउट २’ र ‘डेडपुल एण्ड वुल्भरिन’ सर्वाधिक व्यापार गर्ने फिल्मको लिस्टमा पहिलो र दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्