‘भ्रामक शीर्षकले नकारात्मक प्रभाव पार्छ’ : नीता

फिल्म। अभिनेत्री नीता ढुंगानाले युट्यबुरले भ्रामक हेडलाइन राखेर नकारात्मक प्रभाव पारेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् । गत विहीबार सार्वजनिक भएको म्युजिकल फिल्म ‘मरिहत्ते’मा गर्भवती गृहणीको भूमिका निर्वाह गरेको सन्दर्भलाई गलत अर्थ लाग्ने गरि युट्युबमा प्रचार गरिएको उनले सामाजिक सञ्जाल लगाएकी छिन्।

अभिनेत्री ढुंगानाले भिडियोमा निर्वाह गरेको भूमिकालाई व्यक्तिगत जीवनसँग जोडेर गर्भवती भएको बारे राखिएको शीर्षकमा आपत्ति रहेको जानकारी दिईन् । अभिनय संख्याका लागि मात्र हुन्छन् त ? भन्ने प्रश्नमा अभिनेत्री ढुंगानाले काम गरेका सिर्जना सन्तान जस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् । ‘भिडियो वा चलचित्र सबै प्यारा हुन्छन् । कुनै सन्तान असफल भयो भने प्यारो नलाग्ने त हुदैन नी ? कलाकारलाई हरेक काम उत्तिकै प्यारो हुन्छ’, उनले भनेकी थिइन्। यही भनाइलाई युट्युबरले गर्भवती भएको आसयको शीर्षक राखेर सार्वजनिक गरेपछि उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

भ्रामक शीर्षक राख्ने युट्यबु च्यानलको स्क्रिनसट सामाजिक सञ्जालमा राख्दै अभिनेत्री ढुंगानाले कलाकार भएर गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिनु सही नभएको बताइन् । ‘यस्ता क्रियाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भत्सर्ना छ’, अभिनेत्री ढुंगानाले भनिन्,’भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसँग जोडेर राखिएको शीर्षक भ्रामक र तथ्यहीन छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ ।’

कमेन्ट गर्नुहोस्