फिल्म । अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ ले नयाँ पोस्टर सार्वजनिक गर्दै नसर्ने अडान प्रस्ट्याएको छ । सोही मितिमा छक्का पञ्जा सिरिज आउने भएपछि सर्ने अड्कल भइरहदा सार्वजनिक नयाँ पोस्टरले अडान प्रस्ट्याएको छ । अनमोल केसी स्टारर फिल्मको नयाँ पोस्टर सन् २०२३ को उपहारको रूपमा दर्शक माँझ ल्याएको निर्माण टिमले जनाएको छ ।
ग्याङस्टर जनरामा निर्माण भएको फिल्ममा अनमोल हिंसक अवतारमा छन् । उनले यस किसिमले आफूलाई प्रस्तुत गरेको यो पहिलोपटक हो । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।
चितवन र मुस्ताङमा छायांकन गरिएको ‘छड्के २’ काभ्रे फिल्म्सको व्यानरमा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्यमा तयार भएको हो । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।









