फिल्म । शाहरुख खानको ५७ औँ जन्मोत्सवको उपलक्ष्यमा फिल्म ‘पठान’ को टिजर सार्वजनिक गरिएको छ । यसअगाडी सार्वजनिक भिडियोमा आवाजमा मात्र प्रस्तुत शाहरुख यसमा भने क्यारेक्टरमा देखिएका छन् । विम्वात्मक रुपमा शाहरुखलाई देखेका फ्यान उनको टिजरले खुसी छन् । बलिउडको ठुलो कम्पनि यशराज फिल्म्सले आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गरेको हो । जसका नयाँ सदस्य पठान अर्थात् शाहरुख हुन् ।
टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेका हुन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसैफिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाईनेछ । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनि फिल्ममा टाइगर अर्थात अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसि छन् ।










