फिल्म । अनमोल केसीको अभिनय रहने फिल्म’हानी बनी’ मा सारा सिर्पालीको अभिनय रहने भएको छ । अनमोलको अपोजिटमा सारालाइ निर्माण पक्षले अनुबन्धित गरेको हो । केहि समय अगाडी अनमोल र साराको प्रेम चर्चा समेत फिल्मनगरीमा चलेको थियो । यद्दपी यो जोडीले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको हो ।
दीवाकर भट्टराईको निर्देशनमा तयार हुने फिल्ममा सारा यूकेमा बस्ने नेपाली युवतीको भूमिकामा प्रस्तुत हुने बताइएको छ । स्क्रिप्ट र आफ्नो चरित्र मन परेपछि साराले फिल्म साइन गरेको जानकारी प्राप्त छ । फिल्ममा अनमोल र सारासँगै सलोन बस्नेतको पनि अभिनय रहनेछ । आगामी मार्च (चैत) बाट छायांकनमा निस्कने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । बेलायतमा छायांकन हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् ।
कमेन्ट गर्नुहोस्








