ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

देश । प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार १ सय ९९ सदस्य रहने केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १ सय ९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

बैठकमा बादल र गौतम अनुपस्थित

बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएनन् । बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीले विभिन्न निर्णय गरिरहदा पनि गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री निवासमै छन् । मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।

यस्तै , बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छैनन् । गौतमले भने दुवै तर्फका बैठकमा सहभागि भएर आफू पार्टी फुटको साक्षी नबस्ने घोषणा यसअघि नै गरेका थिए । दाहाल समूहले पनि दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

कमेन्ट गर्नुहोस्