‘कोभिडलाई हल्का नलिनु होला’

फिल्म । अभिनेता तथा नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । कोरोना भाइरस संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गर्दै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने आशा व्यक्त गरेका छन् । स्टार अस्पताल ललितपुरमा उपचाररत क्याप्टेन लामाले कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको जनाएका छन् ।

‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु’ क्याप्टेन लामाले फेसबुकमा लेखेका छन्, ‘कोभिडलाई हल्का रुपमा नलिनु होला र सुरक्षामा कतै नचुक्नु होला किनकी यसले ज्यान पनि लिन सक्छ ।’ उनले आफ्नो इन्फेक्सन लेभल घटेको जनाउदै स्टार हस्पिटल टिमलाई धन्यवाद दिएका छन् । ‘…आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु’ क्याप्टेन लामाले लेखेका छन् । उनले आफ्नो भ्ल्ग समेत युट्युबमा सार्वजनिक गरेका छन् ।

गत २ हप्ता देखि मेरो कोविड सङको लडाइमा आज धेरै राम्रो भएको छ! रगतको sample पनि लगेन, नास्ता पनि खाइयो, कमजोरी पनको कतै…

Posted by Vijay Lama on Monday, September 21, 2020
कमेन्ट गर्नुहोस्