फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम गर्न विश्वका अधिकांस देशले लकडाउन गरिरहेको छ । भारतमा पनि लकडाउन कडाइका साथ् गरिएको छ । संक्रमित र मृतकको संख्या थपिदै गएपछि भारत सरकारले लकडाउन सँगै केहि प्रान्तमा कर्फ्यु पनि लगाएको छ ।
तर , यस्तो अवस्थामा साउथ इण्डियन फिल्मकि अभिनेत्री शर्मिला मान्डरे बेंगलोरमा सडक दुर्घटनामा परेकी छन् । दुर्घटनापछी शर्मिला र कारमा रहेका साथी गम्भीर घाइते भएका छन् । आधा रातमा सडकमा निस्केकी शर्मिलाको साथमा कारमा उनका साथी लोकेश वसन्त पनि थिए । दुर्घटनापछि उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। यो घटना बिहान ३ बजे भएको स्थानीय प्रहरीले जनाएका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्








