सु चिङ बर्दियामा

File Photo

देश । चिनियाँ तथा हलिउड अभिनेत्री सु चिङ बर्दिया पुगेकी छन् । नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतको रुपमा रहेकी अभिनेत्री चिङ भ्रमणको क्रममा बर्दिया पुगेकी हुन् । भ्रमणसँगै पर्यटकीय क्षेत्रको प्रचारका लागि चिङ शनिबार बिहान पुगेको उनकाे सहयोगीले बताएका छन् । उनले बाँसगढी नगरपालिकाको केदारेश्वर धाम, बारबर्दिया नगरपालिकाको सत्खलुवा ताल, ठाकुरबाबा नगरपालिका र बर्दिया राष्ट्रिय निकुञ्ज घुमेकी छन् । बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले उनलाई जिल्लामा स्वागत गरेका थिए ।

यस्तै भुरिगाउँ बजारमा अभिनेत्री चिङलाई स्वागत गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले नगरपालिका र बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा जानकारी गराएका थिए । उनी चीन पुगेर नेपाल भ्रमणकाे प्रचार प्रसार गर्ने बताएकी छन् । उनले भावी दिनमा चिनियाँ नागरिकहरु पनि बर्दिया घुम्न आउने बताइन् ।

सन् १९९० मा ‘लाइफ अन ब स्टि्रङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् । ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायतका उनका फिल्मले चर्चा पाएका थिए ।

कमेन्ट गर्नुहोस्