बोर्ड अध्यक्षमा भट्टराई नियुक्त

फिल्म । चलचित्र विकास बोर्डको अध्यक्ष पुराना फिल्मकर्मी केशव भट्टराई नियुक्त भएका छन् । गत सोमबार नै भट्टराईको नाममा सहमति गरेर टिप्पणी उठाईएको र विहिबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरिएको हो । उनि बोर्ड अध्यक्षमा नियुक्त भएसँगै उनलाई फिल्मकर्मी बधाई दिईरहेका छन् । निवर्तमान बोर्ड अध्यक्ष निकिता पौडेलले राजिनामा दिएपछि रिक्त रहेको उक्त पदपूर्तिका लागि सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आवेदन मांग गरेको थियो ।

केशवले आफुले पाएको जिम्मेवारीलाई बहन गर्ने बताए । ‘सम्पूर्ण फिल्मकर्मीको साथले गर्दा आज बोर्ड अध्यक्षमा नियुक्त भए , फिल्म हितकै लागि काम गर्न कतै पछी पर्ने छैन’ उनले भने ‘फिल्मकर्मीको साँझा समस्यालाई पहिला हल गर्नेछु ।’ उनले शुक्रबाट पत्र बुझेपछि बोर्डमा अध्यक्षको कार्यभार ग्रहण गर्नेछन् । फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाको जिम्मेवारी तहमा बसेर काम गरिसकेकोले पनि उनि बोर्ड अध्यक्षक लागि अन्यको तुलनामा उपयुक्त थिए ।

कमेन्ट गर्नुहोस्