‘अघिल्लो गल्तीहरुलाई सुधारेको छु’ अपिल

फिल्म । अपिल विष्ट पछिल्लो समय फिल्म ‘कागजपत्र’ का कारण चर्चामा छन् । यस फिल्ममा पनि उनका अघिल्ला फिल्म झैँ सामाजिक कथावस्तु छ । त्यसो त उनि फिल्म निर्माताको रुपमा यसनगरीमा उदाएका थिए । तात्कालिन समयमा उनले बनिरहेका फिल्म भन्दा फरक ‘दासढुंगा’ निर्माण गरे । प्रसिद्ध नेता मदन भण्डारीको दुर्घटनामा आधारित फिल्मले तात्कालिन समयमा धेरैको ध्यान तान्नेको थियो । त्यसपछी उनि निर्माताकै रुपमा ‘ऋतु’ फिल्ममा देखिए । अष्ट्रेलियामा छायाँकन गरिएको फिल्म पूर्णतया प्रेम कथामा आधारित थियो । त्यसपछी उनले फिल्म निर्माणसँगै निर्देशन पनि गरे । ‘झुम्की’ फिल्म मार्फत उनले निर्देशनमा डेब्यु गरे , जुन सोसल ड्रामा नै थियो ।

यसपटक उनि निर्देशकको हिसाबले दोस्रो फिल्म ‘कागजपत्र’ लिएर आएका छन् । फिल्मको सार्वजनिक ‘माया संसार’ बोलको गीत र ट्रेलरलाई दर्शकले रुचाएका छन् । यसैले गर्दा पनि फिल्मले दर्शकको साथ पाउनेमा अपिल विश्वस्त छन् । उनले अष्ट्रेलियामा एक अन्तरजातीय विवाह गरेको जोडीलाई भेटेका थिए , यी यस्तै घटनाले गर्दा पनि उनलाई फिल्मको कथा बुन्न सहज भयो । ‘अष्ट्रेलिया , युरोप मात्र होइन , नेपालको पनि विभिन्न भूभागको कथा सुनेपछि मलाई यस्तै कथामा फिल्म बनाउन हौसला मिल्यो’ अपिल भन्छन् ‘हामीले फिल्ममा संदेश दिने पनि प्रोसेस देखाउने कोसिस गरेका छौ ।’

त्यसो त उनले केहि समय अगाडी अष्ट्रेलिया पुग्नकै लागि कार्ड होल्डरसँग विवाह गर्ने केहि जोडीको कथामा डकुमेन्ट्री समेत बनाउने तयारी गरिरहेका थिए , जसले गर्दा पनि उनलाई यससमस्याको बारेमा धेरै थाहा भयो । त्यसो त उनले अघिल्ला गल्तीलाइ यसमा सुधारेको पनि बताउछन् । ‘मैले अघिल्लो फिल्म झुम्कीमा इन्टरटेनमेन्ट भ्युआलु एड गरिन् , जसबाट मैले सिके’ उनि भन्छन् ‘फिल्म संदेश दिएपनि मनोरंजन दिनै पर्छ , जसलाई मैले कागजपत्रमा प्रयोग गरेको छु ।’ फिल्म सोसल ड्रामा भएपनि दर्शकले मनोरंजन उत्तिकै पाउने अपिल बताउछन् ।

‘हमिले केहि संदेश त दिएका छौ तर मनोरन्जनात्मक शैलीमा’ उनले भने ‘मैले बनाउने फिल्म सोसल ड्रामा नै हो केवल शैली परिवर्तन गरेको छु ।’त्यसो त पछिल्लो समय कन्टेनलाई दर्शकले रुचाइरहेका छन् भने यस्तै फिल्म स्वदेशी त विदेशी बजारमा दर्शकक रोजाईमा परिरहेका छन् । यसको फाईदा कागजपत्रलाई कत्तिको होला ? ‘ट्रेलरमा पाएको रियाक्सनलाई हेर्दा राम्रै साथ पाउने आश छ तर दर्शकलाई थाहा दिनु जरिरी छ , कागजपत्र र चैत्र ८’ अपिल भन्छन् ‘दर्शक माँझ नोटिस गराउन गाह्रो नै छ तर पनि हामी प्रयासरत छौ ।’ त्यसो भए अपिलले फिल्ममा स्टार लिने हिम्मत किन गरेनन् त ? स्टार र कन्टेनलाई जोड्नु जरुरि छैन ? यसमा अपिलको भिन्न तर्क छ ।

‘स्टार भएको फिल्म गतिलो नहुदा नाचेल्का उदाहरण प्रसस्तै छन् तर कन्टेन भएको फिल्ममा स्टार हुनुले इनिसियल फेज बाहेक अन्य कुरामा फाईदा गर्दैन’ बरु उनि बेफाइदा देखन्छन् ‘ कहिले काही हामीले देखाउन खोजेको कन्टेनलाई स्टारको भ्यालुले छाँयामा पार्छ , दर्शक स्टारमै केन्द्रित हुन्छन् ।’ उनले आउँदा दिनमा स्टारसँग पनि काम गर्ने बताए तर स्टारडम झल्किने किसिमको सब्जेक्टमा । आपसी सहमतिमा स्वार्थ पूर्तिका निमित कागजपत्र बनाउदै र आफ्न्तसँगै विवाह गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथामा आधारित भएर निर्माण भएको फिल्मले दर्शकलाई संदेश दिने भन्दा पनि अवस्थाको ज्ञात गराउने उनले बताए । फिल्ममा अभिनेता नाजिर हुसेनसँग अभिनेत्री शिल्पा मास्केको प्रेम देखिइएको छ, तर अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोेटासँग विवाह गरेकी छन् ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

Facebook Comments