हलमा ‘परिवर्तन’

फिल्म । आजदेखि एक्सन फिल्म ‘परिवर्तन’ भएको छ । देशभरका अधिकांश हलहरूमा प्रदर्शन भएको उक्त फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स ले काठमाडौँ र उपत्यकाबाहिर गरी फिल्मलाई ३२ शो प्रदान गरेको छ । यस्तै, दोस्रो ठूलो चेन आईएनआई ले १५ शो उपलब्ध गराएको छ । वान सिनेमाज ले ९, एफक्यूब ले ४ र बिग मुभिज ले ३ शोको बुकिङ खुलाएको छ । यो समाचार तयार पार्दासम्म फिल्म ‘परिवर्तन’ ले देशभर १०० भन्दा बढी शो पाइसकेको छ ।

पछिल्लो समय फिल्मका गीत र ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेका छन् । फिल्ममा समावेश गीत ‘पाकेको चिउरी’ अत्यन्तै लोकप्रिय बनेको छ भने ट्रेलरलाई छोटो समयमै ११ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ ।

दिव्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’ का निर्माता दीपक सिवाकोटी हुन् । निर्माता सिवाकोटीकै कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका छन् ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा बन्दे प्रसाद को सम्पादन, रामजी लामिछाने को कोरियोग्राफी र एसडी योगी को संगीत रहेको छ । यसैगरी, फिल्ममा श्री श्रेष्ठ को द्वन्द्व निर्देशन देख्न सकिनेछ । पछिल्लो समय द्वन्द्व निर्देशकका रूपमा चर्चामा रहेका श्रेष्ठको कामको प्रशंसा हुँदै आएको छ ।

फिल्मको वितरण आरआर फिल्म्स ले गरेको हो भने ओएसआर डिजिटल ले सहकार्य गरेको छ । फिल्म ‘परिवर्तन’ यही माघ ९ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्