फिल्म । दुर्गेश थापा अहिले विश्वभर गीत ‘दुश्मन हेरेको हेर्यै’ मार्फत चर्चामा छन् । नेपाली भाषी रहेको देशमा हुने इभेन्ट र चाडपर्वमा गीत बज्न थालेपछि यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । सोमबार बिहान ‘विश्वका १०० म्युजिक भिडियो’को सूचीमा यो नेपाली गीत ७७ औं स्थानमा पर्न सफल भएको हो ।
युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने यो चौंथो नेपाली गीत हो । यसअघि कश्मिरे पछ्यौरी, सारंगी र रुकुम मैकोट परिसकेका छन् । यसअघि दुर्गेशको उक्त गीत युट्युब म्युजिकको चार्टको ग्लोबल ट्रेन्डिङमा परिसकेको छ । यो एउटै गीतले दुर्गेशलाई युट्युबको ग्लोबल प्लाटफर्ममा उभ्याइदिएको छ ।
कमेन्ट गर्नुहोस्










