‘सिंघम अगेन’, ‘भुलभुलैया ३’ र ‘पुष्पा २’ नेपाल रिलिज कन्फर्म

फिल्म । यो वर्ष प्रदर्शनमा आउने तीन ठूला भारतीय फिल्मको नेपाल प्रदर्शन तय गरिएको छ । ‘सिंघम अगेन’, ‘भुलभुलैया ३’ र ‘पुष्पा २’ को नेपाल आगमन तय भएको वितरण कम्पनि मध्येका एक आरआर फिल्म्सका रोहित कट्टेलले जानकारी दिएका छन् । उनले आफूसहितको समूहले तीन फिल्मको नेपाल प्रदर्शन सुनिश्चित गरेको बताए ।

प्रदर्शकले पनि आफ्नो वेबसाइटमार्फत भारतीय ती फिल्मको आगमन सुनिस्चित भएको सङ्केत गरेका छन् । भारतमा कप युनिभर्स बनाएर पहिलो ‘सिनेम्याटिक युनिभर्स’ क्रिएट गरेका निर्देशक रोहित शेट्टीले यसपटक फिल्मलाई भव्य बनाएको बताएका छन् । उनले ‘सिंघम अगेन’ मा अजय देवगन, अक्षय कुमार, रणवीर सिंह, करीना कपूर खान, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपूर जस्ता कलाकारलाई कास्ट गरेका छन् । यसमा सलमान खान, आलिया भट्ट, कट्रिना कैफ पनि हुनसक्ने अनुमान गरिएको छ । यो फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’ सँग जोडिएको छ ।

यस्तै, पछिल्लो समय भारतमा हरर कमेडीमा दर्शक आकर्षित देखिएका छन् । सन् २०२४ मै ‘शैतान’ र ‘स्त्री २’ ले गरेको व्यापारले सबैको ध्यान तानेको छ । यस्का साथै रि रिलिज गरिएको फिल्म ‘तुम बाद’ ले समेत फस्ट रिलिज भन्दा बढी व्यापार गरेपछि दर्शक हरर फिल्म प्रति आकर्षित रहेको पुष्टी गरेको छ । यसपटक अनिस बाज्मीको निर्देशनमा तयार भएको फिल्ममा कार्तिक आर्यन, माधुरी दीक्षित, विद्या बालन, तृप्ती दिमरी लगायतका कलाकार छन् ।

नेपालमा समेत द्वन्द्व र हरर कमेडीको व्यापार बढिरहेको सन्दर्भमा उल्लेखित दुई फिल्मले राम्रो व्यापार गर्नसके अनुमान गर्न सकिन्छ । यस्तै, ‘पुष्पा’ को सफलतापछि निर्माण गरिएको यसको सिक्वेलले अहिलेसम्मकै सर्वाधिक व्यापार गर्ने अनुमान गरिएको छ । अल्लु अर्जुन अभिनित फिल्मले भारतसँगै अन्यदेशमा पनि उस्तै व्यापार गर्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्