नयाँ डेटमा ‘आरआरआर’ ?

फिल्म । ‘बाहुबली’ सिरिज मार्फत विश्वभरका दर्शक माँझ विश्वासलाई बलियो बनाउन सफल निर्देशक एसएस राजामौलीको निर्देशन रहेको पछिल्लो फिल्म ‘आरआरआर’ असोज २७ मा प्रदर्शन हुने घोषणा भएको थियो । यद्दपी भारतमा कोरोना भाइरस को दोस्रो लहर बढेसंगै ठप्प भएको कारण यसको प्राविधिक कार्यमा समेत असर परिरहेको छ ।

यसैले गर्दा फिल्म रिलिज हुने सम्भावना पनि टरेको बताइन्छ । तेलगुसँगै तामिल , मलायलम , कन्नड र हिन्दी भाषामा रिलिज हुने फिल्म आउँदो वर्ष मात्र रिलिज हुने खबर भारतीय मिडियामा छ । कोरोना भाइरसको कारण सिर्जित अवस्था र फिल्मको कामलाई मध्यनजर गर्दै निर्माण टिमले फिल्म आउँदो वर्ष सन् २०२२ को अप्रिल २८ मा रिलिज गर्ने तयारी थालेको छ । यो फिल्मले तेस्रो पटक रिलिज डेटमा परिवर्तन ल्याएको हो ।

फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । ३ सय ५० करोड हाराहारी निर्माण लागत रहेको फिल्मको प्रतिक्षा विश्वव्यापी छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्