‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ दोस्रो सिजनमा

सिरिज । पछिल्लो समय नेपालमा पनि सिरिज निर्माण हुन् थालेका छन् । यसैक्रममा पहिलो सिजन ल्याइसकेको ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ टिमले यसकै दोस्रो सिजन ल्याउने तयारीमा छ । युवा पुस्तालाई लक्षित गरेर बनाईएको सिरिजलाई १६ एपिसोडको बनाइएको छ । सुजन मानन्धर निर्देशित सिरिजलाई दर्शकले ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानल र हिमालयन टेलिभिज हेर्न पाउनेछन् ।

सिरिज आउँदो कार्तिक ३ गतेबाट प्रत्येक सोमबार राती ८.३० बजे प्रशारण हुनेछ। ‘पहिलो सिजनमा हामीले कमेडी ड्रामामा केन्द्रीत थियौँ’ निर्देशक मानन्धर भन्छन् ,’यसपटक भने सामाजिक कथावस्तुलाई पनि चयन गरेका छौँ ।’ यसमा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान लगायतको अभिनय रहेको छ ।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन । यस्तै, मेक-अपमा शृति श्रेष्ठ, साउण्डमा रिकेश सयामी, ग्राफिकमा विवेक खत्री र निर्देशक मानन्धर स्वयम्ले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्