देश । मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र आइतबारदेखि १० दिनसम्म सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्न नदिइने नगरपालिकाले जनाएको छ । एक सुचना जारी गर्दै कोभिड १९ को जोखिम न्यूनिकरणका लागि भन्दै नगरपालिकाले नगर क्षेत्र भित्रका सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्चालन साउन ३२ देखि भदौ ९ गतेसम्म निषेध गर्ने जानकारी गराएको हो । नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण व्यवसायहरु बन्द गर्ने तर खाद्यान्न, पानी, ग्यास र औषधि पसल भने बिहान ११ देखि दिउँसो १ बजेसम्म खोल्न पाइनेछ ।
कमेन्ट गर्नुहोस्










