विदेश । गत डिसेम्बरमा चीनमा पहिलोपटक पाइएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वका अधिकांस देशमा माहामारीको रुप लिईसकेको छ । संक्रमित बढेसंगै यसबाट बच्ने उपाए प्रति आम चासो बढेको छ । यसैक्रममा कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ। ब्राजिलबाट चीनको शेन्जेन आयात फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको हो ।
आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा यसको पत्ता लागेको हो । शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको सिएनएनमा उल्लेख छ । हालसम्म कुनै पनि खाद्यवस्तुबाट कोरोना सरेको प्रमाण नपाइएको र विश्व स्वास्थ्य संगठनले खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम रहेको बताएको कारण डराउनु पर्ने अवस्था छैन । यद्दपी सचेत भने रहनु पर्ने अधिकारीहरुको भनाइ छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्








