देश । केहि समय यता रुकुम घटनालाई लिएर विभिन्न खाले आवाज उठिरहेको छ । गत शनिबार अन्तरजातीय विवाहको विषयमा ४ जनाको हत्या र २ जनाको बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
उनले मृतकको परिवार प्रति समवेदना प्रकट गर्दै भनेकी छिन्, ‘नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’ यो घटनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय विभेद र मानवताविरोधी अपराधका रुपमा चित्रण गरेका छन् ।
शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी चारजना युवाले ज्यान गुमाएका छन् भने दुईजना अझै बेपत्ता छन् । जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराज पनि मारिएका छन् ।
The merciless incident in Rukum on Sunday where four people were killed & two missing is yet another manifestation of the continued prevalence of caste based discrimination in Nepal which requires impartial investigation in line with the rights guaranteed in the constitution. pic.twitter.com/1uq6d9VTks
— valerie.julliand (@valeriejulliand) May 27, 2020










