देश । तपाइले तस्बिरमा देख्नु भएका मानिस महोतरी निवासी अलिम कवाडी हुन् । ४२ वर्षीय अलिम पछिल्लो ५ वर्ष देखि अनुहारमा पाँच किलो २ सय ग्राम मासुको डल्लो (ट्युमर) बोकेर जीवन–मरणको दोसाँधमा छटपटिन बाध्य थिए । किनकी उनिसँग उपचार गर्न पर्याप्त रकम थिएन । त्यसैले उनले रोल पालेर बस्न बाध्य थिए । तर , अघिल्लो बुधवार उनको शल्यक्रिया भयो । डाक्टरले उनको अनुहारमाबाट ५ किलो २ सय ग्राम मस्सुको डल्लो निकाले । त्यसपछि उनले केहि राहत महसुस गरेका छन् ।
गत बुधबार बिहान ८ बजे हेड एन्ड नेक अंकोलोजी विभाग प्रमुख डा. प्रभातचन्द्र ठाकुर को नेतृत्वमा अलिमको जटिल शल्यक्रिया भयो । उनको टिममा डा. प्रवीण जैसवाल, ट्युमर निकालेको भागलाई बनाउने काममा प्लास्टिक सर्जन डा. सुरेन्द्र बस्नेत, डा. कृष्ण नगरकोटी र डा. सुदीपले उनलाई सघाएका थिए । जटिल शल्यक्रिया त्यसमा पनि मासु काटिएको स्थानमा प्रत्यारोपण पनि सँगै गर्नुपर्ने भएकाले शल्यक्रियामा १२ घन्टा समय लागेको डाक्टर ठाकुरले बताए । बिरामीसँग उपचार खर्च नभएकोले अस्पताल प्रशासन र चिकित्सकले निःशुल्क उपचार गरिदिएको समेत उनले बताए । अस्पतालले विपन्न नागरिकको उपचारमा सहयोगका लागि स्थापित भएको नेपाल क्यान्सर सपोर्ट ग्रुपले सहयोग गरेको थियो। भने, सरकारले विपन्न नागरिकलाई कडा रोग उपचारमा दिने रु एक लाख बराबरको सहयोग पनि थियो । अस्पतालले शल्यक्रिया, औषधि निःशुल्क गरिदिएको हो भने बिरामी र एक जना कुरुवालाई खानाको पनि व्यवस्था गरिदिएको छ।
तर , पनि अलिमलाई यतिबेला सहयोग चाहिरहेकै छ । त्यसो त उनलाई विभिन्न संघ संस्थाले पनि सहयोग गरिरहेकै छन् । क्यान्सर रोगी कवाडीको उपचारको लागि नेपाल क्यान्सर सहयोग समूह, उपचारका लागि सहयोगी हातहरु र रोटरी क्लव अफ यलले पनि आवश्यक पर्ने सहयोग रकम जुटाई पनि रहेको छ । नेपाल इन्जिनियर श्रीमती संघले पनि उपचारका लागि आर्थिक सहयोग गरेको छ । विपिन्नलाई सहयोग गर्दै आएको यो समूहले १ लाख ११ हजार रुपैया सहयोग गरेको हो । संघकी एक सदस्य संज्ञा पौडेल पोखरेलले अलिमलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताइन । ‘अलिमलाई हस्पिटल र अन्यसंघ संस्थाले पनि सघाई रहनु भएको छ । हामीले अलिम जस्तै विपन्नलाई बुझेर सकेको सहयोग गर्दै आएका छौ’ उनले भनिन् । अलिमको अवस्था थाहा पाएपछि दुइ /तिन दिनमै सहयोग संकलन गरिएको समेत उनले बताइन ।
यसकारण भयो ट्युमर ठुलो
अलिम रोग देखि सतर्क थिए तर उनलाई त्यसलाईनै सोच्ने समय थिएन । उनले आफुसँगै पारिवारिक दायित्व पनि बहन गर्नु पर्ने दायित्व थियो । झन्डै ६ वर्ष अगाडी गालाको दाहिने भाग सुन्निएपछि सुरु भएको अलिमको समस्या बढेर पछिल्लो अवस्थासम्म पुगेको हो । मजदुरी गरेर दैनिकी चलाउने उनी समस्या बोकेर काठमाडौंस्थित वीर अस्पताल आएका थिए । चिकित्सकले जाँचेर शल्यक्रिया पनि गरिदिए । त्यसपछी केहि दिनको औषधि बोकेर अलिम आफ्नो दिनचर्या र जन्मथलो फर्किए । तर , उनको समस्या समधान भएन । शल्यक्रिया गरेको भागमा फेरि मासु पलाउन थाल्यो । र , त्यसले तस्बिरमा देखिएको रुप लियो । सुन्निएको भाग बढ्दै गएर मुहारको स्वरुप नै बदलिदै आँखा, कान, मुख समेत नदेखिने भयो । तर , दिनभरको कमाइले आफुसँगै परिवार हेर्नु पर्ने बाध्यतामा रहेका अलिमले उपचारको कार्यलाई अगाडी बढाउँन सकेनन् । त्यसपछि स्थानीय केहि र परिवारकै अपिलमा केहि चन्दा संकलन गरेर उनलाई काठमाण्डु ल्याइयो । केहि अस्पतालमा उपचार सम्भव नहुने बताइएपछी उनि पाएको सुझाव अनुसार ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिर्सच सेन्टर हरिसिद्धी पुगे । त्यहाँ पुगेपछि उनले अस्ट्रियो सार्कोमा (हड्डीबाट निस्कने क्यान्सर) भएको हुन् सक्ने थाहा पाए ।









