फस्टलुकमा ‘ज्याकीः आई एम ट्वान्टी वान’

फिल्म। आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ ज्याकी: आई एम ट्वान्टी वान’को प्रदर्शन मिति घोषणासँगै यसको फस्टलुक भिडियो सार्वजनिक गरिएको छ । वि.सं २०८० को बैशाख २१ गतेबाट रिलिज गर्ने तयारी गरिरहेको निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको हो। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको फिल्मलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् ।

फिल्मको फस्टलुक भिडियोमा नायक धिरज मगरको अनुहार मात्र देखाइएको छ । फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ । रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्