फिल्म । आउँदो असोज ७ अर्थात दसैँलाई लक्षित गर्दै प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत ३’ले ट्रेलर सार्वजनिक भइसकेको छ । प्रेमको चरित्रलाई केन्द्रमा राखेर प्रेम र सत्ताको लडाइँको दुविधालाई देखाएको सार्वजनिक ट्रेलर नेपाली र हिन्दी भाषामा रिलिज भएको छ । नेपालीसँगै हिन्दी भाषामा समेत आउने भएपछि फिल्मको चर्चा पछिल्लो समय बढेको छ । मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ समेत ट्रेलरमा प्रस्तुत भएका छन् ।
पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढिरहेको समयमा हिन्दीमा अंग्रेजी र साउथका फिल्मलाई स्वरांकन गर्ने कलाकारहरुले आवाज दिएकै कारण ‘प्रेम गीत ३’ अन्य फिल्म भन्दा कम देखिएको छैन । प्रेमकथासँगै यो भागमा द्वन्द्वका दृश्यलाई प्राथमिकता दिएको ट्रेलर अहिले नेपालीसँगै हिन्दी भाषी दर्शक माँझ पपुलर छ । हिन्दीमा डब गरेर भारतमा प्रदृशन गर्न लागिएको फिल्मलाई स्व छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्मलाई छेतेनले मन्दिप गौतमसँग मिलेर लेखेका हुन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।













