पुर्णेन्दु भन्छन् ‘फरक फरक जनरको फिल्म गर्ने ईच्छा छ’

फिल्म । यसै साता प्रदर्शनमा आउने फिल्म मध्यको एक हो ‘चौका दाउ’ । यस फिल्मलाई वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले निर्माण गरेका हुन् भने यसमा सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको निर्माण युनिटले बताउदै आएको छ । फिल्मलाई पुर्णेन्दु झाले निर्देशन गरेका छन् । उनले यस अघि पोल्टिकल ड्रामा ‘संरक्षण’ लाइ निर्देशन गरिसकेका छन् , जुन उनको डेब्यु फिल्म थियो । निर्देशक झा सर्लाहीको गोडैतामा जन्मिएका हुन् , जहाँ हलनै छैन । तर उनि केहि किलोमिटर टाढा बरहथवामा आएर फिल्म हेर्ने गर्थे । स्कुले जीवनमा खासै छुट नपाएका निर्देशक झाले अनायासै बाल्यकालमै फिल्म निर्देशक बन्ने ईच्छा जाहेर गरेका थिए । उक्त समयमा उनले फिल्म रिलेटेड म्यागजिन मायाँपुरी र कामना जस्ता पढ्ने गर्ने । यसैले गर्दा पनि उनलाई फिल्म प्रति लगाव थियो । घरबाट साइन्स पढेर डाक्टर बन्न निस्किएका निर्देशक झा काठमाण्डौ आइसकेपछी आफुलाई निर्देशकको रुपमा चिनाईसकेका छन् । यिनैसँग जयहोस् डटकमले फिल्मी यात्राबारे कुराकानी गरेको छ ।

फिल्म प्रतिको लगाव

पुर्णेन्दु अन्दाजी कक्षा ६ मा पढ्दा नै निर्देशक बन्ने आफ्नो नजिकको दाइलाई बताएका थिए । उक्त समयमा उनि फिल्मी म्यागजिन पढ्ने गर्थे , जसले उनलाई फिल्म तिर तान्दै थियो । ‘मेरो घरमा कामना , मायाँपुरी जस्ता म्यागजिन थियो , जसलाई म कहिले काहिँ पढ्ने गर्थे’ उनले बाल्यकाल सम्झिन्दै भने ‘एक दिन को के बन्ने भन्ने चर्चा हुदै गर्दा मैले निर्देशक भने तर त्यो सुनेर सबै हाँसे ।’ किनकी फिल्मनगरीमा उनका कोहि थिएनन् र आइडिया पनि थिएँन कि कसरि यात्रा तय गर्ने । तर उनमा जुनुन थियो , जसलाई उनि पुरा गर्न चाहन्थे । एक पटक उनले फिल्मकै कारण अभिभावक मार्फत सजाय पनि भोगे । ‘मेलाको समयमा मन्दिरमा भजन सुन्न जान्छु भनेर म फिल्म हेर्न पुगे’ उनले बाल्यकालको त्यो पललाइ सम्झिदै भने ‘मन्दिरको स्पिकरको आवाज सुन्दै फिल्म हेर्दै थिए तर कतिबेला भजनको स्पिकर बन्द भएर फिल्मको मात्र चलिरह्यो पत्तै पाइन् ।’ अन्तत उनले अभिभावक मार्फत सजाय पाए । त्यसो त उनलाई राजनीतिक अवस्थाले पनि असर गरेन । ‘हाम्रो घर एउटा पार्टी समर्थक थियो भने जहा म फिल्म हेर्ने जान्थे ति अर्कै पार्टी तर मलाइ त्यसको पर्वाह थिएन’ उनि भन्छन् ‘हामीलाई यता नजानु उता नजानु भनिन्थ्यो तर पनि म पुग्थे ।’ त्यसो त उनले स्कुलकै शिक्षालाइ पनि चितवन आएर पुरा गरे । स्कुले जीवनमा हलमा निकै कम फिल्म हेरेका उनले काठमाण्डौ आएपछि भने फिल्ममा आफ्नो लगाव बढाउँन थाले ।

फिल्म कलेजसम्मको यात्रा

पुर्णेन्दु काठमाण्डौ आइसकेपछी आइएसीको अध्यनमा ब्यस्त भए । तर उनको उदेश्य भने फिल्मनगरीसम्म कसरि पुग्ने नै थियो । तर उनि पढाईमै व्यस्त थिए । उनले दुई वर्षको कोर्षमा पहिलो वर्षमा केहि सब्जेक्टमा सफलता पाउन सकेनन् , अर्थात् फेल भए । यसैलाई बहाना गर्दै उनले घरमा अब फिल्म तिर जाने पनि बताए । तर उनको घरबाट अझै मेहनत साथ् पढ्ने निर्देशन आयो , अन्तत उनले परिक्षा दिईसकेपछी केहि समय पाए । तर उनलाई अतिरिक्त अध्यनको लागि भारत जानु पर्ने थियो । ‘म एम्बेसीमा पुगेर बुझे तर इन्टरमै रहेकाले उक्त अध्यन सम्भव भएन त्यसैले खाली समयमा नेममा पिप्रेसन क्लास गर्न थाले ।’ उनलाई फिल्मनगरीसम्म जोड्ने पुल भने नीर शाह हुन् । ‘नीर सर एक पटक सेमिनारमा आउनु भएको थियो , उहाले त्यहाँ फिल्म तिर रहर हुनेले सम्पर्क गर्न सक्ने बताउनु भयो’ उनले सम्झिए ‘ सरको कुरा सुनेपछि मैले घरबाट अध्यनको लागि आएको पैसा लगेर पुतलीसडक स्थित शेयर मार्केटमा रहेको सम्पर्क कार्यालय मार्फत फिल्म कलेजमा भर्ना भए ।’ तर उनलाई घर परिवारलाइ कन्भिन्स गर्ने भने झन्डै ३ वर्ष नै लाग्यो । अन्तत उनले आफ्नो मनोकांक्षामा घर परिवारलाइ मानौं सफल भए । फिल्म कलेजको पहिलो ब्याचमा उनि सहित २६ विधार्थी थिए ।

सर्ट फिल्मको यात्रा

पुर्णेन्दुले फिल्म कलेजको अध्यनलाई पुरा गरेपछि एक सर्ट फिल्म निर्माण गरे ‘अपवाद’ । जसले चर्चा मात्र पाएन विभिन्न कम्पिटिसनमा आफुलाई पहिलो बनाउन समेत सफल भयो । ‘अपवाद’ ले नै मलाइ फिल्म नगरीसम्म ल्याएको हो । उनि तात्कालिन समयमा युएसए नेपालद्वारा घोषणा भएको सर्ट फिल्म फेस्टिभल अन्तर्गतको प्रतियोगितामा फस्ट भए । ‘अपवाद’ मार्फत पहिलो बनेपछि उनलाई धेरै मदत पुग्यो , फिल्मलाई बुझनलाइ । फिल्म कलेज सकाएको एक वर्षपछी नै उनले सन् २००८ मा सर्ट फिल्मको विनर बनेका थिए । तात्कालिन समयमा विनर बनेपछि उनको चर्चा परिचर्चा भयो । ‘त्यसबेला मलाइ निकै खुसि लागेको थियो र म पढ्नको लागि विनरको स्कलरसिपमा भारत गए’ उनले सम्झिए ‘म एफटिआई पढ्न चाहन्थे तर त्यहाँ स्कलरसिप अन्तर्गत अन्तै पढ्न गएपछि मैले प्राक्टिकल ज्ञान बढाउने निर्णय गरे ।’ उनि नेपाल फर्कीसकेपछी एक स्पानिस प्रोजेक्टमा एडीको रुपमा आवद्ध भए । त्यहाँ उनले जिन्दगी नमिलेगी दोबाराको डिरेक्सन टिम र केहि हलिउड फिल्मको डिरेक्सन टिमसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाए । ‘मलाइ फिल्म निर्माण हुने प्रक्रिया बुझ्नु थियो हाम्रो नेपालको मात्र होइन वर्डवाइड जसलाई मेरो स्पानिस प्रोजेक्ट काठमाण्डौ सोङ्गले मदत गर्यो’ उनले सम्झिए ।

संरक्षणको सुरुवात

पुर्णेन्दुले फिल्म ‘संरक्षण’ लाइ सन् २०१३ को अगस्टमै सुरुवात गरे तर रिलिज २०१७ मा भयो । उनलाई लगभग ४ वर्ष लाग्यो फिल्मलाई दर्शकसम्म पुर्याउनु । तर उनले सोचेको जस्तो भएन । उनले तात्कालिन समयमा मिस नेपाल मलिना जोशीलाई लिएर केहि दृश्य पनि छायाँकन गरे तर फिल्मलाई विविध कारणले निरन्तरता दिन सकेनन् । ‘मेरो केहि घराएसी दायित्व पनि थियो त्यसैले प्रोजेक्टलाइ निरन्तरता दिन सकिन’ उनि भन्छन् ‘मलाइ चाहिएको क्यारेक्टरको रुपमा मलिनालाई पाएपछि उनलाई लिएर फिल्म सुर गरे ।’ उनलाई यो आइडिया पनि तात्कालिन समय र अगाडी पनि उठ्ने गरेको तराइको मुद्दा र राजनीतिक अवस्थाले गर्दा आएको थियो , जसबाट संरक्षण तयार भयो । तर उनले डेब्यु फिल्म नै एउटा मल्टिस्टारकास्टलाई लिएर तयार गरे , जहाँ धेरै रिस्क पनि थियो । ‘मलाइ पनि धेरैले डेब्यु मै यस्तो फिल्म नगर पनि नभनेका होइनन् तर मेरो लागि यो डेरीङ प्रोजेक्ट थियो’ पुर्णेन्द्रु भन्छन् ‘संरक्षणलाइ सुरुवात गर्ने क्रममै हरेक पक्षलाई ध्यान दिएको थिए तर पनि केहि प्राविधिक कारणले सोचाइलाई एक्जिक्युट गर्न सकिन ।’ त्यसपछी उनले नेक्स्ट प्रोजेक्टमा अर्को जनर सोचे र कथा लेखनमा लागे । ‘मलाइ एक दिन सुबास काफ्लेजी मार्फत पोल्टिकल कमेडी फिल्म गर्ने हो कि भन्ने प्रस्ताव आयो’ उनि भन्छन् ‘मलाइ पोल्टिकल कमेडी भन्ना साथ् रमाइलो लाग्यो मैले पोल्टिकल ड्रामा बनाएकोले प्रस्ताव आएको अनुमान लगाए ।’ उनले एनएफडिसीमा संगीतकार शम्भुजित बास्कोटालाई भेटे र फिल्म गर्ने सहमति भयो ।

चौका दाउको बारेमा

चौका दाउको कन्सेप्ट सुनिसकेपछी पुर्णेन्दुले लेखनमा अभिमन्यु निवारीको सहयोग लिए । तर उनले कन्सेप्ट र प्रोजेक्ट पाउदा नै कलाकारहरुमा सन्तोष पन्त र तैयव शाह फाइनल भइसकेका थिए । ‘कन्सेप्टले स्टोरीको रुप लिईसकेपछी कास्टिङमा सन्तोष सर र तैयव सर मिल्ने पाए र अन्य कास्टिङमा लागे’ उनि भन्छन् ‘फिल्मले मनोरंजनसँगै सामाजिक संदेश पनि दिन्छ ।’ विल्सन विक्रम राई , रविन्द्र झा , वर्षा राउत , निर्मल शर्मा लगायतको अभिनय रहेको फिल्मले सामाजिक विकृतिलाई उजागर गर्दै विकृतिसँगै निम्त्याउने अवस्थाको चित्रणसँगै संदेश पनि रहेको बताए । ‘फिल्मको पहिलो प्राथमिकता मनोरंजन नै हो तर सँगै संदेश पनि छ’ उनि भन्छन् ‘फरक फरक जनरको फिल्म गर्ने ईच्छा छ , यसबाट कमेडीमा पनि सिक्ने अवसर पाए ।’ उनि एकै किसिमको जनरमा बने फिल्म रिपिट गर्न नचाहेको बताउदै अब आउने प्रोजेक्ट कमेडी नरहने उनको भनाइछ ।

कमेन्ट गर्नुहोस्