चर्चामा ‘ठग्स अफ हिन्दुस्तान’ ट्रेलर (भिडियो)

0 Shares

जयहोस् । पछिल्लो समयको प्रतिक्षित फिल्म मध्यको एक ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक भए लगतै यसले चर्चा बटुलिरहेको छ । क्यारेक्टर पोस्टर सार्वजनिक नहुदासम्म पनि फिल्मको स्टोरीलाइनलाई गोप्य राखिएको थियो । यसैले गर्दा पनि ट्रेलरले धेरैलाई ‘सरप्राइज’ दिएको छ । लामो समयदेखि यशराज फिल्म्सको यस फिल्मको ट्रेलरको व्यग्रताका साथ प्रतिक्षामा भइरहेको थियो ।

दिपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । फिल्ममा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया) र लायड (जोन क्लाइव) को भूमिकामा छन् । ‘ठग्स अफ हिन्दुस्तान’ को बजेट २ सय १० करोड बताइएको छ ।

Facebook Comments