फिल्म । ‘केजीएफ’ शृंखलामार्फत यश आफू मात्र चिनिएनन्, आफ्नो कन्नड फिल्म उद्योगलाई पनि चिनाए । उनै यश नयाँ फिल्म ‘टक्सिक’ मा देखिदैछन् ।सार्वजनिक गरिएको टिजरमा यशको भिन्न भिन्न अवतार देखाइएको छ । उक्त टिजरमा यश ‘रोयल लुक्स’मा प्रस्तुत छन् ।
फिल्मको निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् ।
सार्वजनिक झल्क समावेश भिडियोमा ‘टक्सिक’को प्रदर्शन मिति आगामी मार्च १९ तय गरिएको छ। यसमा उनको जोडी कियारा आडवाणीसँग बाँधिएको छ भने दिदीको भूमिकामा अभिनेत्री नयनतारा रहेको चर्चा छ ।
कमेन्ट गर्नुहोस्








