कस्तो छ ‘कुमारी’ को व्यापार ?

फिल्म । चलचित्र विकास बोर्डले हाल हलमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ प्रणालीले फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार गत माघ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ ले हालसम्म ५६ लाख २११ रुपैयाँ कारोबार गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त फिल्मका लागि कुल १७ हजार २५ टिकट बिक्री भएका छन् ।

अविशेक खड्का र आकृतिराज भण्डारीलगायत कलाकारको अभिनय रहेको फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन । जेनजी पुस्ताको प्रेम कथा भनिएको फिल्मले दर्शकबाट राम्रो समीक्षा पाउन नसक्दा त्यसको असर व्यापारमा परेको देखिएको छ । पछिल्लो समय यस फिल्मको गीतले लोकप्रियता हासिल गरेता पनि त्यसको प्रभाव फुटफलमा देखिएन ।

कमेन्ट गर्नुहोस्