सङ्गीत । अस्ट्रेलियाको सिड्नीमा गायक यम बरालले सांगीतिक प्रस्तुति दिने भएका छन् । पल्पा इन्टरटेन्मेन्टको प्रस्तुतिमा आगामी नोभेम्बर २२ मा आयोजना हुने ‘यम बराल लाइभ इन सिड्नी’ मार्फत उनले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
कार्यक्रममा गायक बरालसँगै महेन्द्र बि.के., निशा तामाङ, रबिन भुसाल र शोभित बस्नेतले पनि आफ्नो प्रस्तुति दिनेछन् ।सिड्नीस्थित अवर्नको पारामाटा रोडमा रहेको ग्राण्ड प्यालेसमा साँझ ६ बजे सुरु हुने उक्त कार्यक्रमका लागि डिनरसहित ६० डलरको टिकट व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्









