फिल्म । अभिनेता प्रशान्त गिरीले नयाँ फिल्म ‘जफाव’ निर्माण गर्ने भएका छन् । ‘वाउन्सर’ मार्फत परिचित भएका गिरीले ‘थ्याक्ंयु’बाट नेपाली फिल्ममा डेव्यु गरेका थिए । ‘साइना’मा अभिनय गरेका गिरी पछिल्लो फिल्म ‘छड्के २’ मार्फत निर्माणमा सक्रिय छन् । उनले यसपटक एक्सन जनरामा रहेर फिल्म निर्माण गर्न लागेका हुन् । उनले सार्वजनिक गरेको थिम पोस्टरमा एक व्यक्ति बन्दुक लिएर उभिएका छन् । कलर थिम र बनोटले यो डार्क एक्सन रहने सङ्केत गरेको छ ।
‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ भनिएको फिल्मलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने भएकाछन् । काभ्रे फिल्म्सको प्रस्तुतीमा तयार हुने फिल्ममा कार्यकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । रङ्ग पत्रकरिताको अनुभवलाई उनले फिल्म निर्माणमा प्रयोग गर्ने जनाएका छन् । फिल्मको कास्ट एण्ड क्रिउको बारेमा विस्तृत जानकारी केही दिनमा दिने निर्माण पक्षले बताएको छ । फिल्म विसं २०८३ मा रिलिज हुनेछ ।









