फिल्म । दर्शकले रुचाएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठले लगातार फिल्म गरिरहेका छन् । केहि समय अगाडी ‘मन परेसी’ मा सँगै देखिने तयारीमा रहेको जोडीले अभिनय गरेको पछिल्लो फिल्म हो ‘सम्झना बिर्सना’ । दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित रहने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका छन् ।
फिल्मको फस्टलुकसँगै यसको रिलिज डेट तय गरिएको छ । फिल्म आउँदो वर्ष विक्रम संवत २०७७ सालको जेठ २ गते रिलिज हुनेछ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण रहेको फिल्ममा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहेको छ । आदित्य फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेजा हुन् । ‘रामकहानी’ बाट स्क्रिनमा जोडी बनेका पुजा र आकाशको यो चौथो सहकार्य हो । यो जोडीले ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्यो काले’मा अभिनय गरिसकेको छ । यो जोडी ‘मन परेसी’ मा अभिनय गर्ने तयारीमा रहेको छ ।









